विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको सनाखत, अब पोष्टमार्टम गरिने
पाेखरा | माघ २, २०७९
पोखराः पोखरामा आइतबार विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको सनाखत भएको छ । पोखरामा आइतबार यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको परिवार तथा आफन्तको सहयोगमा सनाखत गरिएको हो ।
सनाखतमा हुनेमा १६ महिला र २२ पुरुष रहेका छन् । फेला परेकामध्ये सनाखत भइसकेका शवको पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार छन् ।
पोर्टमार्टमका लागि ७ सदस्यीय राष्ट्रिय टोली गठन गरिएको छ डाक्टर भरत खत्रीका अनुसार सो टोलीमा पोखराका ५ जना र काठमाडौंका २ जना डाक्टर रहेका छन् ।
काठमाडौंका २ जना डाक्टर पोखरा आइपुगेकाले आवश्यक प्रक्रिया पुरा भइसकेको डाक्टर भरत खत्रीले बताए । उनले काठमाडौंका २ जना डाक्टर पोखरा आइपुगेकाले अब पोष्टमार्टम गर्ने बताए ।
‘काठमाडौंबाट आउनुहुने २ जना डाक्टर पोखरा आइपुग्नु भएको छ । सबै प्रक्रिया पुरा भइसकेका छन्’, डाक्टर खत्रीले भने, ‘पोष्टमार्टम गर्न मिल्ने जति गरेर आफ्ना आफन्तलाई बुझाउन तयार छौं ।’
उनले हालसम्म फेला परेका शवलाइ नम्बर किटान गरेर राखिएको बताए । ‘हामीले सुरुदेखि ल्याएका शवलाई नम्बरिङ गरेका छौं, त्यो मध्ये पहिचान गर्न सक्ने जतिलाई यहि गर्छाै र आफन्तलाई जिम्मा लगाउँछौ’, उनले भने, ‘बाँकी सबैलाई हेलीमार्फत काठमाडौं पठाउने व्यवस्था गरेका छौं ।’
उनका अनुसार सनाखत हुन नसकेका शव, चालकदलका सदस्यहरु र विदेशी नागरिकका शवलाई पोष्टमार्टम र डिएनए परिक्षणका लागि काठमाडौं पठाइने छ ।


पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...

